हास्य कलाकार शिवहरी पौडेललाई मातृशोक

हास्य कलाकार शिवहरी पौडेललाई मातृशोक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हास्य कलाकार शिवहरी पौडेल (मुखाँ हान्नु जस्तो) लाई मातृशोक परेको छ । उनकी आमा गंगादेवी पौडेलको गए राति निधन भएको हो । १ सय वर्षको उमेरमा गए राति उनको निधन भएको हो ।

कलाकार शिवहरीले आफ्नो फेसबुकमा स्टाटस लेख्दै आमाको निधन भएको बताएका छन् । उनले लेखेका छन् :

दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला । (१९७७ फागुन देखि २०७७ कार्तिक २ गते राती ११ वजेर ०९ मिनेट सम्म)

उनका समकक्षी कलाकार जितु नेपालले पनि फेसबुकमा स्टाटस लेख्दै मृतक पौडेल प्रति श्रद्धान्जली व्यक्त गरेका छन् । उनले लेखेका छन् :

बिहानै दुःखद खबरले मर्माहत भएँ । आदरणिय शिवहरी पौडेल दाईको आमाले संर छोड्नु भएछ । मलाई आफ्नो छोरा सरह माया गर्ने सधैं आशीर्वाद दिने आमालाई सदा सम्झिने छु । अनि शिवहरी दाई लगायत परीवार जसले १०० बर्षसम्म आमाको अत्यन्तै सेवा गर्नुभयो । आमासँग मैले पनि धेरै गफ गर्ने,प्रत्येक दशैमा आशीर्वाद लिने अवसर पाएको थिए । अहिले दशैको मुखमा आमालाई श्रद्धाञ्जली लेख्न पर्दा मन सारै रोएको छ। भगवानरुपि आमा गुमाउन पर्दा सिवहरी दाई र परीवार कति पिडामा हनुहुन्छ होला म शब्दमा ब्यक्त गर्न सक्दिन।यो सोकको घडिमा आमाको आत्माको चीर सान्तिको कामना गर्दै शोक सन्तप्त परीवारमा हार्दिक समवेदना ब्यक्त गर्दछु।

यस्तै अन्य कलाकारहरु हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे लगायत पौडेलका शुभेच्छुक तथा चलचित्रकर्मीहरुले श्रद्धान्जली व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo