रुसका राष्ट्रपति पुटिनले २०३६ सम्म नेतृत्व गर्न पाउने

रुसका राष्ट्रपति पुटिनले २०३६ सम्म नेतृत्व गर्न पाउने

केन्द्रबिन्दु
0
Shares

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अबको दुई कार्यकालको पनि नेतृत्व गर्न पाउने अधिकार प्राप्त भएको छ ।

यो विधेयक पारित भएसँगै उनी अब सन् २०३६ सम्म राष्ट्रपति हुन सक्ने भएका छन्। यस्तो भएको खण्डमा पुटिन रुसी तानाशाह जोसेफ स्टालिनभन्दा बढी समय सत्तामा रहनेछन्। पुटिनले रुसमा करिब दुई दशक सत्ता सम्हालिसकेका छन्। 

 गएको वर्ष पुटिनको कार्यकाल बढाउने गरेर संविधान संशोधनका लागि रसियामा जनमत सङ्घर्ष गरिएको थियो । त्यहाँका मानिसहरुले पुटिनको समर्थनमा मत दिएपछि गएको महिना उक्त विद्येयक सांसदहरुले संसदबाट अनुमोदन गरेका थिए ।

पहिलोपटक सन् २००० मा उनी रुसका राष्ट्रपति बनेका थिए। २००८ मा उनले आफ्ना सहयोगी दिमित्री मेदवेदेवलाई राष्ट्रपति बनाए। २०१२ मा फेरि पुटिन नै राष्ट्रपति बने। त्यसयता लगातार उनी सत्तामा छन्। 

 

Skip This
Skip This
Logo