पश्चिमी वायुको प्रभाव कायमै, यस्ताे छ तीन दिनको मौसम पूर्वानुमान

पश्चिमी वायुको प्रभाव कायमै, यस्ताे छ तीन दिनको मौसम पूर्वानुमान

केन्द्रबिन्दु
0
Shares

नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखा जारी बुलेटिनमा उल्लेख छ।
 
राति  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहनेछ। पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको दाबी छ।

Skip This
Skip This
Logo