सानदार जीतसँगै एपीएफ शीर्ष स्थानमा

सानदार जीतसँगै एपीएफ शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

विभागीय टिम एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सहज जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भडहलमा मंगलबार भएको खेलमा एपीएफले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले भरतपुरमाथि २५–१३, २५–७ र २५–९ को सेटमा हराएको हो ।

एपीएफको यो तेस्रो जित हो । जितसँगै एपीएफ शीर्ष स्थानमा उक्लिएको छ । एपीएफले ४ खेलमा १० अंक जोडेको छ । भरतपुरको ३ अंक रहेको छ । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।

लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।

Skip This
Skip This
Logo