कांग्रेस उपसभापति गच्छदारको सबै सम्पत्ति रोक्का

कांग्रेस उपसभापति गच्छदारको सबै सम्पत्ति रोक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति छानबिन भइरहेको छ। छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको छ।

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौं, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो । गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले सम्पत्ति छानबिन गरिरहेको छ । उक्त प्रकरणमा संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको यस अघि नै विभागले सम्पूर्ण सम्पत्ति रोक्का गरेको थियो । विभागले यसमा संलग्न पूर्वमन्त्री र कर्मचारीविरुद्ध छिट्टै मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

ललिता निवास प्रकरणमा पूर्व उपप्रधान तथा तत्कालीन भौतिक निर्माणमन्त्री गच्छदार, पूर्व मन्त्रीद्वय डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात, पूर्वमन्त्री एवं सचिव छविराज पन्त, दिनेशहरि अधिकारीसहित ६ विशिष्ट श्रेणीका पदाधिकारी लगायत १७५ जनाविरुद्ध अख्तियारले चलाएको मुद्दा विशेष अदालतमा विचाराधीन छ । ०७६ माघ २२ मा भ्रष्टाचार आरोपमा ११० जनालाई मुद्दा दायर गरिएको थियो भने ६५ जनाविरुद्ध सरकारी जग्गा जफत गर्ने प्रयोजनका प्रतिवादी बनाएर मुद्दा चलाइएको छ।

बालुवाटारको १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा मुद्दा चलाइएको हो । विभागका महानिर्देशक रुपनारायण भट्टराईले अनुसन्धान भइरहेकाले थप भन्न नमिल्ने बताए।अन्नपूर्णबाट

Skip This
Skip This
Logo