‘नेपाल बाल सङ्गठन आफैंसँग चल–अचल सम्पत्ति भएर पनि निर्वाहमुखी मात्र’

‘नेपाल बाल सङ्गठन आफैंसँग चल–अचल सम्पत्ति भएर पनि निर्वाहमुखी मात्र’

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल सङ्गठनको देशभरी रहेका पदाधिकारीहरुको सदाचारितामा प्रश्न उठाएको छ। 

संघीय संसद् प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बालसङ्गठनको नक्सालको बालमन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि सङ्गठनको पदाधिकारीको सदाचारितामा खोट देखाएको हो। समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल सङ्गठनको केन्द्रदेखि जिल्ला स्तरसम्म रहेका संरचनामा अव्यवस्था, जमिन घर भाडामा दिंदा अपारदर्शी सम्झौता गरेको, संगठन आफैंसँग चल–अचल सम्पत्ति पर्याप्त भएर पनि निर्वाहमुखी भएको पाइएको छ। 

बुधबार महिला समितिको बैठकमा स्थलगत भ्रमणको प्रतिवेदन पारित गर्दै समिति सभापति पालले प्रतिवेदनलाई केन्द्रीय बालकल्याण समिति र महिला बालबालिका मन्त्रालय पठाउने बताइन्। 

समितिले पास गरेको प्रतिवेदनमा मुख्य गरि बालसङ्गठनको चल अचल सम्पत्तिको तथ्याङ्क राख्ने, दुराशयपूर्ण सम्झौताहरुलाई पुर्नमुल्याङ्कन गर्नुपर्ने, बालगृहमा रहेका बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीको रुपमा दिने सम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनु पर्ने सुझाव दिएको छ। यस्तै प्रतिवेदनमा बालगृहका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको व्यवस्थित प्रबन्ध मिलाउने र घरपरिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनु पर्ने सुझाव दिएको छ। 

Skip This
Skip This
Logo