प्रतिनिधिसभाको बैठक जारी (LIVE)

प्रतिनिधिसभाको बैठक जारी (LIVE)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको आजको बैठक निर्धारित समय भन्दा आधाघण्टा ढिलो सुरु भएको छ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय गरिएको थियो। 

आजको बैठकमा सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धीत समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची तय गरिए पनि अन्तिम समयमा आएर हटाइएको छ।

यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङ्गको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। यस अघि चैत २३ गते पनि प्रतिनिधिसभाको बैठक बसेको थियो।

Skip This
Skip This
Logo