अफगानिस्तानमा बीस लडाकू मारिए

अफगानिस्तानमा बीस लडाकू मारिए

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् ।  देशको उत्तरी कुन्दुज प्रान्तमा पर्ने इमाम साहिब जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । 

पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरुको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता इनामुद्धिन रहमानीले बिहीबार जानकारी दिए । ‘इमाम सहिब जिल्लामा भएको घटनामा परी कुल २० तालिबान लडाकूहरु मारिएका छन्’, उनले भने ।

घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया नआएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् । रासस

Skip This
Skip This
Logo