बिहीबारको प्रतिनिधिसभाको बैठकले चार सांसदको पद रिक्त गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले चार जना सांसदको पद खारेज भएको जानकारी दिएका हुन्। नेकपा (माओवादी केन्द्र)ले चारजना सांसदले दल त्याग गरेको पत्राचार संसदमा गरेको थियो । त्यसपछि नै उनीहरुले पद खारेज गरिएको सापकोटाले जनाए ।
माओवादीबाट एमालेमा प्रवेश गरेका उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको सांसद पद खोसिएको हो।































प्रतिक्रिया