साताको अन्तिम दिन बिहीबारको नेप्से परिसूचक २.७४ अंकले बढेको छ । बुधबार सामान्य अंकले गिरावट भएको नेप्से आज सामान्य सुधार भएको छ । आज नेप्से परिसुचक २ हजार ६७४.३६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज १०३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ९० वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर छ । आज कारोबारमा आएका २०७ कम्पनीको १ करोड ३२ लाख ४३ हजार ३६५ कित्ता सेयर ६ अर्ब ४७ करोड ३४ लाख १६ हजार २७३ रुपैयाँ ९५ पैसामा कारोबार भएको छ ।
आज पाँच कम्पनीको शेयर मुल्य सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । सबैभन्दा बढी शेयर मुल्य बढ्ने कम्पनीमा एनआइसी एशिया लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स र रिलायन्स फाइनान्स छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा युनिभर्सल पावर कम्पनी, रसुवागढी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, एनआइस एसिया ग्रोथ र पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी छन् ।































प्रतिक्रिया