कांग्रेस प्रमुख सचेतक खाँणले पनि दशैं भत्ता फिर्ता गर्ने

कांग्रेस प्रमुख सचेतक खाँणले पनि दशैं भत्ता फिर्ता गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि दशैं भत्ता फिर्ता गर्ने भएका छन् ।

उनले आज एक पत्र लेख्दै संघीय संसदमा दशैं भत्ता बापतको रकम सरकारी कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

खाँणले कोरोना महामारीको अहिलेको विषय परिस्थितीमा जनप्रतिनिधिलाई दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय सान्दर्भिक नभएको समेत बताएका छन् ।

आजै कांग्रेसका अर्का सांसद गगन थापाले पनि दसैं भत्ता बापतको ६४ हजार ७० रुपैयाँ संसद सचिवालयको लेखा कार्यालयमा फिर्ता गरेका छन् ।

Logo