प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ नगरौं : सांसद बस्नेत

प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ नगरौं : सांसद बस्नेत

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने काम नगर्न प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुलाई सुझाव दिएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले राजनीतिक अस्थिरता, अन्यौलता र विभाजनको स्थिति बनेको अवस्थामा अस्वस्थ्य खालका छलफल सदनमा चल्न थालेको टिप्पणी गरे । उनले सांसद गगन थापालाई इंगित गर्दै विगतमा अभ्यास भएका, जाँचिएका, भोगेका र असफल सिद्ध भएका नेताहरुको चेलाहरुले भूमिका खेलिरहेको भनी कटाक्ष गरे ।
 
प्रधानमन्त्री राजनेताको रुपमा अगाडि बढ्ने लक्षण देखिँदै आएको भन्दै उनले सरकारले गरेका विकास निर्माणकाका कामको विरोध गर्ने सांसदहरुलाई ‘मेरो निर्वाचन क्षेत्रमा सडक चाहिँदैन’ भनी भन्न चुनौति दिए ।

मेलम्ची, धरहरा लगायत निर्माण आयोजनाहरुको फेयरिस्ट दिँदै उनले सरकारले वैदेशिक व्यापार र गुमेको भूमि फिर्ता ल्याउन महत्वपुर्ण भूमिका खेलेको दावी गरे । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुट्यो भने मात्रै विश्वासको मत लिनुपर्ने भन्दै उनले प्रधानमन्त्रीको राजीनामा माग्नु कुतर्क भएको पनि टिप्पणी गरे ।

उनले सभामुखले संसदमा सहभागी हुन प्रधानमन्त्री आएपनि सहभागी हुने वतावरण नमिलाएको आरोप लगाए । उनले एक महिनाको दौरानमा ६ पटक बैठक बसेको र पहिलो दिनको बैठक नै ढिलो गरी सुरु हुँदा ४५ मिनेट बसेर प्रधानमन्त्री फर्किएको उल्लेख गरे ।

Skip This
Skip This
Logo