भक्तपुरमा २ सय २९ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाएका छन्। मध्यपुर थिमि नपास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसम्म पुगेर उनीहरुले चिनियाँ खोप भेरोसेल लगाएका हुन्।
सरकारको घोषणाअनुसार भक्तपुरमा पनि बुधबारदेखि उक्त खोप दिन थालिएको हो। जसअनुसार पहिलो दिन बुधबार ५२ जना र बिहीबार दोस्रो दिन एकसय ७७ जनाले भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।
उनका अनुसार यो खोप १८ देखि ५९ वर्षभित्रका प्राध्यापक, फलफूल तथा तरकारी व्यवसायी, चीनमा छात्रवृत्तिमा पढ्न जाने विद्यार्थी, होटल तथा ट्रेकिङ व्यवसायीहरुलाई दिने व्यवस्था गरिएको छ।
त्यस्तै हिमालय सीमापार व्यापार गर्ने नेपाली व्यापारी, औषधि व्यवसायी, इन्टरनेट तथा विज्ञापनको क्षेत्रका काम गर्ने व्यक्तिहरुलाई यो खोप दिने व्यवस्था गरिएको उनले बताए।
प्रमुख मिजारले पहिलो र दोस्रो चरणमा खोप लगाउन छुटेका अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुलाई पनि यो खोप दिने व्यवस्था रहेको जानकारी दिए। पहिलो र दोस्रो चरणमा भक्तपुरमा करिब १९ हजार ५ जनाले भारतबाट सहयोग प्राप्त तथा किनिएको कोभिसिल्ड खोप लगाएका थिए।
भक्तपुरमा भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल गरी दुई ठाउँमा खोप केन्द्र तोकिएको थियो तर अहिले नेपाल कोरिया मैत्री अस्पतालबाट मात्रै खोप दिइँदै आएको छ।अन्नपूर्णबाट































प्रतिक्रिया