सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, १२ लाखको हात खाली हुने

सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, १२ लाखको हात खाली हुने

केन्द्रबिन्दु
0
Shares

सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले आफ्नो कार्यालय त्रिपुरेश्वरमा आज बिहान ११ आईपीओ बाँडफाँड हुने जनाएको हो।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्री गरेको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ता  सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

आइपिओका लागि माग भन्दा बढी आवेदन परेकाले शेयर न्यूनतम १० कित्ताका दरले वितरण हुनेछ। त्यस अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। बाँकी साढे १२ लाखभन्दा बढी आवेदकले भने शेयर पाउने छैनन्।

Skip This
Skip This
Logo