नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि कारबाही प्रक्रिया अघि बढाएको छ। उनले दल त्याग गरेको सूचना आज माओवादी केन्द्रले संसद् सचिवालयलाई पठाएको छ।
पार्टी छोडेर अर्कै दलमा गएपछि थापालाई पार्टीले कारवाही गरेको जानकारीसहितको पत्र माओवादी केन्द्रले संसद् सचिवालयमा पठाएको हो ।
माओवादीले पठाएको पत्र राष्ट्रिय सभा अध्यक्षले बैठकमा पेश गरेपछि बादलको पनि सांसद पद रिक्त हुने भएको छ।
यसअघि सो पार्टीले प्रतिनिधिसभाका ४ जना सांसदलाई पनि कारवाही गरिसकेको छ।
कारबाहीपछि सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमिसकेको छ।
उनीहरू चारै जना वर्तमान सरकारमा मन्त्री रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अर्को धारा प्रयोग गर्दै उनीहरुलाई पुनः मन्त्रीपदमा नियुक्त गरिसकेका छन्। उनीहरुको आजै शपथ हुने कार्यक्रम तय भएको छ ।































प्रतिक्रिया