तीन दलको छलफलमा जुटेन सहमति, जसपाले माग्यो थप समय

तीन दलको छलफलमा जुटेन सहमति, जसपाले माग्यो थप समय

केन्द्रबिन्दु
0
Shares

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेका छन्। आज बूढानीलकण्ठमा भएको तीन दलको छलफलमा सभापति देउवाले यस्तो प्रस्ताव गरेका हुन्। 

आगामी सत्ता समीकरणका विषयमा देउवाले आज माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गरेका थिए । 

देउवाको प्रस्तावमा माओवादी केन्द्र सहमत भए पनि जसपाले भने छलफलका लागि थप समय मागेको छ। 

नेपाली कांग्रेसको केन्द्रीय समितिले गत चैत २० गते प्रधानमन्‍त्री केपी ओलीको राजीनामा माग्‍ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो। सो निर्णय अनुसार देउवाले आजको बैठकमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोगका लागि प्रस्ताव अघि सारेका थिए।

Skip This
Skip This
Logo