अब कोरोना संक्रमितले आफैं उपचार गर्नु पर्ने, सरकारले नगर्ने

अब कोरोना संक्रमितले आफैं उपचार गर्नु पर्ने, सरकारले नगर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आजदेखि लागू हुने गरि सरकार कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचारबाट पछि हटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णय अनुसार अब अग्रपङ्तिमा खटिएकाहरू स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

अपांगता भएका र आर्थिक रुपमा कमजोर भएकाहरुको बाहेक अन्य नागरिकहरुले आफ्नै खर्चमा परीक्षण तथा उपचार गर्नु पर्नेछ । यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो ।

तर, स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी लगायतको उपचारमा पनि यदि कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय गरेको छ। ‘यो आजैदेखि भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुनेछ।

त्यस्तै, सरकारले कोरोनाको उपचारमा प्रयोग हुँदै आएको रेन्डिसिभिर औषधि मन्त्रालयमा सूचीकृत अस्पतालहरूको फार्मेसीबाट विक्री वितरण गर्ने व्यवस्था पनि भएको प्रवक्ता गौतमले बताए।

Logo