मानिसको स्वास्थ्य र अर्थतन्त्र दुवैलाई जोगाएर काम गर्नुपर्ने अवस्था छः चन्द्रप्रसाद ढकाल

मानिसको स्वास्थ्य र अर्थतन्त्र दुवैलाई जोगाएर काम गर्नुपर्ने अवस्था छः चन्द्रप्रसाद ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउँदै समृद्ध मुलुक निर्माणका लागि महासंघको भिजन पत्रको रुपमा आएको आर्थिक रुपान्तरण २०३० ले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे। 

उनले महासंघले तयार गरेको आर्थिक रुपान्तरण २०३० कार्यान्वयनका लागि सरकारसँगै सबै सराेकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए। उनले आगामी आर्थिक बर्षको बजेट र मौद्रिक नीतिका सम्बन्धमा आफूहरुले दिने सुझावलाई सरकारले सकारात्मक रुपमा लिने अपेक्षा आफूहरुले गरेको बताए। 

उनले भने,  “कोभिड १९ ले पारेको प्रभाव र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महासंघले आर्थिक रुपान्तरण २०३० मार्फत प्रारुप तयार पारेको छ। यसलाई महासंघले भिजन पेपर पनि भन्ने गरेको छ। यसको कार्यान्वयनका लागि सरकार लगायत सबै निकायबीचको सहकार्य र समन्वयबाट मात्र सम्भव छ।”

उनले कोभिड १९ का कारण पर्यटन, घरेलु, साना तथा मझौला उद्योग लगायत यातायात क्षेत्रमा ठूलो असर पुगेको र अहिले पनि जोखिम यथावत रहेकाले मानिसको स्वास्थ्य र अर्थतन्त्र दुवैलाई जोगाएर काम गर्नुपर्ने स्थितितर्फ सबैलाई सचेत गराए। 

Skip This
Skip This
Logo