काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सांसद जनार्दन शर्माले कोरोना महामारीको समयमा सांसदलाई दशैं भत्ता बाड्ने पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन् । आइतबार नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै त्यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्–‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ ।’ साथै उनले आफूले दशैं भत्ता वापत पाएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई हस्तानतरण गर्ने बताएका छन् । उनको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै नेकपाका सांसद डा. भीम रावलले पनि दशैं भत्ता रकम आफ्नो खाताबाट कट्टी गर्न माग गरेका छन् भने नेकपा प्रवक्ता एवं राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको तलबभत्ता नलिने पहिले नै घोषणा गरेका थिए ।































प्रतिक्रिया