काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपतकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टकटाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागि मात्र ल्याइएको हो ।
यो सिम ग्राहकले कार्तिक १ गतेदेखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलका आधिकारिक खुद बिक्रेताहरुबाट सजिलै मात्र रु ९९ मा खरिद गर्न सक्नेछन् । गो सिमको खरिदसँगै ग्राहकले रु २० मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्दछन् ।
यसका साथै ग्राहकले गो सिममार्फत दामी म्युजीक तथा हङ्गामा म्युजीक प्रो ३० दिन सम्मका लागि निःशुल्क सुचारु गर्न सक्छन् । ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो रु १०० वा सो भन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ ।
“महिलाहरुका लागि विशेषरुपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रित प्याक सुरु गर्न पाएकोमा हामी धेरै खुसी छौं । यसको विशेषताहरुमा बन्डल सेवा देखि लिएर आपतकालिन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थाहरुमा निःशुल्ककल सेवा जस्ता थुप्रै सुविधाहरु रहेका छन् ।
महिलाहरुलाई दुरसञ्चार सेवाको पहँच सुनिश्चित गर्दै यसको लाभ प्रदान गर्ने उद्देश्य अनुरुप ल्याइएको गो सिम अन्तर्गत ग्राहकले सिम खरिद गरेको दिनदेखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्नेछन् ।
यसका साथै यो सिम लिने ग्राहकका लागि अपलकालिन सञ्चार सेवाका लागि विशेष सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालिन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्नेछन् । ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवावापतको कर सहित रु १० मेन ब्यालेन्सबाट काटिने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया