आजका लागि तय गरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलका माहिंला भाइ गोविन्दराज पौडेलको आज बिहान निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ। उनको आज चितवनको रत्ननगरमा निधन भएको हो ।
बैठकमा १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो। यस अघि आइतबार बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्यसूची परिवर्तन गर्नका लागि आज बस्ने केन्द्रीय समिति बैठकमा छलफल गर्ने निर्णय गरेको थियो।
यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना भाइलाई साथी जस्तै लाग्ने गरेको भन्दै उनको निधनले मर्माहत बनाएको बताएका छन् । आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन् ,
मेरा प्यारो माहिंला भाइ गोविन्दराज पौडेलको असामहिक निधनको खबरले मर्माहत बनाएको छ। हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए। प्रिय भाइ नाताले भाइ भए नि मेरो साथी जस्तै गरि सबै कुरामा सहयोगी थिए। मेरो राजनीति जीवनकालमा सधैं सहयोगी भूमिका निर्बाह गरेका भाइ गोविन्दको निधनले म आफूलाई एक्लो भएको महशुस गरेको छु । प्रिय भाइ गोबिन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु।































प्रतिक्रिया