आङ सान सुकीमाथी सेनाले लगायो थप ६ वटा नयाँ आरोप

आङ सान सुकीमाथी सेनाले लगायो थप ६ वटा नयाँ आरोप

केन्द्रबिन्दु
0
Shares

म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन्।

उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ। न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सोले एएफपीलाई बताएका छन्।  पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन्। 

म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो। म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
 
सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेशनल लिग फर डिमोक्रेसी’ दल निर्वाचित भएको थियो। निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो।रासस

Skip This
Skip This
Logo