समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई प्रधानमन्त्रीको चुनौती (भिडियोसहित)

समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई प्रधानमन्त्रीको चुनौती (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन्। तर, पार्टी ध्वस्त गर्न अग्रसर देखिएमा ठीक पार्न पनि आफू पछि नपर्ने ओलीको चेतावनी छ। यस्तै सरकारको समर्थन फिर्ता लिन मन लागे लिएर जान नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीले चुनौती दिएका छन्। उनले आफूसँग बहुमत भएकाले अहिले नै राजीनामा दिन आवश्यक नरहेको समेत प्रष्ट पारेका छन्।

नेपालमा सोमबार पछिल्लो तीन महिना यताकै धेरै कोरोना संक्रमित पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाको नयाँ भेरियन्टको प्रभाव बढ्दै जाँदा संक्रमितको संख्यासँगै मृतकको संख्या पनि बढ्न थालेको छ। यस्तो अवस्थामा सरकारले सम्पूर्णमा अधिक स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ भने, सरकारले पनि अधिक मात्रामा जनस्वास्थ्यको हित हुने कदम चाल्न विज्ञहरुले सुझाएका छन्। 

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको नयाँ त्रास सुरु भएसँगै सरकारले सुरक्षा सावधानीमा विशेष ध्यान पुर्याउन आग्रह गरिरहेको छ। यसैबीच महानगरीय ट्राफिक प्रहरीले पनि जनताको स्वास्थ्य सुरक्षाका लागि नयाँ अभियान सुरु गरेको छ। जसअन्तर्गत, “ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना” भन्ने मूल नाराका साथ जनचेतनामूलक अभियान सुरु गरेको हो।

सोमवार नेपाली शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ। साताको पहिलो कारोबारको दिन अर्थात् आज शेयर बजार १७.२० अंकले बढेको हो । सोमबार १ करोड ३८ लाख २१ हजार ५ सय ७३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा बैंकिङ्ग, विकास बैंक, निर्जिवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, उत्पादनमुलक क्षेत्र, लघुवित्तीय क्षेत्र र म्युचुअल फण्ड लगायतका उपसमूहहरुको कारोबार बढेको छ भने ट्रेडिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, वित्त कम्पनी लगायतको कारोबार घटेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले दोश्रो पटक पनि संसद भंग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्रीको  ध्यानाकर्षण गराएका छन्। सांसद गिरीले सकुनीले जसरी दोश्रो पटक पासा फाल्ने काम नगर्न प्रधामन्त्रीलाई आग्रह गरेका हुन्। सांसद गिरीले मेरै गोरुको बाह्रै टक्का भन्ने अडानबाट पछि हटेर प्रधानमन्त्रीले सबै विकल्पहरुमा गम्भीर छलफल र परामर्श गरी  निर्वाचनमा जाने भएपनि राष्ट्रिय सहमतिको चुनावी सरकार बनाउन लाग्नु पर्नेमा जोड दिएका छन्।

Skip This
Skip This
Logo