नयाँ वर्षलाई लक्षित गर्दै हाम्रो पात्रोले ल्यायो ज्योतिश परामर्शमा ३५ प्रतिशत छुट

नयाँ वर्षलाई लक्षित गर्दै हाम्रो पात्रोले ल्यायो ज्योतिश परामर्शमा ३५ प्रतिशत छुट

केन्द्रबिन्दु
0
Shares

हाम्रो पात्रोले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आफ्नो लोकप्रिय “हाम्रो अनलाईन ज्योतिष” परामर्श सेवामा ३५ प्रतिशत छुट ल्याएको छ। यस अन्तर्गत हाम्रो पात्रो सेवाग्राहीहरुले हाम्रो पात्रोको एप तथा वेभमार्फत आफ्नो आउँदो वर्षका बारेमा परामर्श लिन सक्नेछन्।  

हाम्रो पात्रोसँग आबद्ध ख्यातीप्राप्त ज्योतिष गुरुहरुबाट आफूले चाहे अनुसारको परामर्श अनलाईनमार्फत कुराकानी गरी आफ्नो आउँदो वर्षको जानकारीका लागी सेवाग्राहीले हाम्रो पात्रोको एप अथवा वेभमा गएर परामर्श लिने आनन्द लिन सक्नेछन्। यो सेवा निकै लोकप्रिय रहेको छ र सेवाग्राहीहरुले हाल यस सेवालाई आफ्नो पढाई, व्यापार, जागिर, लगन लगायत सम्बन्धित विषयहरुमा परामर्शका लागि प्रयोग गर्दै आएका छन्।   

यो छुट चैत्र ३० गतेदेखि वैशाख ५ गते सम्मका लागि मात्र लागू हुनेछ र इक्छुक सेवाग्राहीले बिहान ५ देखि दिउँसो १ र बेलुका ७ देखि ९ बजेका बीच यो सेवा लिन सक्नेछन्। नयाँ वर्ष २०७८ बुधबारका दिन भने यो सेवा दिनभरिका लागि उपलब्ध हुनेछ। यस सेवाका लागि भुक्तानी अन्तर्राष्ट्रिय कार्ड साथै नेपालमा ई सेवा, कनेक्ट ips अथवा खल्तीबाट गर्न सकिनेछ। यो सेवा संसार भरिका हाम्रो पात्रो सेवाग्राहीले लिन सक्नेछन्। 

Skip This
Skip This
Logo