संघीय निजामती सेवा ऐन पास नगर्न चेतावनी

संघीय निजामती सेवा ऐन पास नगर्न चेतावनी

केन्द्रबिन्दु
0
Shares

नेपाल निजामती कर्मचारी युनियन (संघ)ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ । 

मंगलबार नेपाल निजामती कर्मचारी युनियन (संघ)को राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौँ घोषणा पत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन लोकतन्त्र विरोधी रहेको बताए । ऐनले संविधानलाई नै उलङ्घन गरेको तथा कर्मचारीहरुको सेवासुविधा, वृत्तिविकास लगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो ऐन पास भए कर्मचारीहरु आन्दोलनमा उत्रिने बताए । राष्ट्रिय भेलाले ऐनको विरुद्धमा देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफू अनुकुलका कर्मचारीहरुलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले जानकारी दिए । नेपाल निजामती कर्मचारी युनियन (संघ)का उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन गरेको दाबी गरे । श्रेणीबिहिन कर्मचारीको वृत्तिविकासको व्यवस्थालाई कुण्ठित गरिएको पनि उनको भनाइ छ । उनले करार कर्मचारीहरुलाई स्थायी बनाउनुपर्ने आफूहरुको मागको सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण पनि गराए ।

सरकार नायब सुब्बाको वृत्ति विकास र बढुवामा गम्भिर नभएको पनि उपाध्यक्ष कटुवालको जिकिर छ । ट्रेड युनियनको अधिकारका निम्ति नेपाल निजामती कर्मचारी युनियन (संघ)ले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको पनि उनले बताए । 

Skip This
Skip This
Logo