फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्यन म्युनिखलाई अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो ।
मंगलबार राति क्वाटरफाइनलको दोस्रो लेगमा बायर्न म्युनिखसँग पराजित भएकाे थियो । घरेलु मैदानमा पीएसजी बायर्नसँग १-० ले पराजित भएको थियो । तर, समग्रमा नतिजा ३-३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो ।
पीएसजीले पहिलो लेगमा साविक विजेता बायर्नलाई ३-२ ले हराएको थियो । पीएसजी लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । साविक विजेता बायर्न भने क्वाटरफाइनलबाटै बाहिरिनु परेको छ ।































प्रतिक्रिया