पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भारतमा फेला परेका छन् । भारतमा एक लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड ३८ लाख १३ हजार पुगेको छ । बितेको २४ घण्टामा एक हजार २६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७२ हजार ११५ जना पुगेको छ।
विश्वभर कोरोना संक्रमितको संख्या १३ करोड ७९ लाख ९९ हजार १९८ जना पुगेको छ। जसमध्ये ११ करोड १० लाख २० हजार ६७८ जना संक्रमण मुक्त भएका छन्।





























प्रतिक्रिया