राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको आरोप लगाएका छन्।
स्पष्ट बहुमतका बाबजुद राजनीति अन्योलमै बितेको र दुई तिहाई बहुमतको ओली सरकारले अवसर त्यसै खेर फालेको उनले बताए।
‘कोरोना महामारी, गिर्दो अर्थतन्त्र, नैतिक ह्रास र अस्थिरताबीच हामी नव वर्ष २०७८ मा प्रवेश गर्दैछौं, अब के हुन्छ भन्नेमा अन्योल कायम नै छ, ओली सरकारबाट भलो भएन,’ अध्यक्ष राणाले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
प्रजातन्त्र र राष्ट्रियता सुदृढ तुल्याउन दल भन्दामाथि रहने राजसंस्था र सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने पनि उनको धारणा छ।































प्रतिक्रिया