हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले आज, अर्थात् नयाँ वर्ष ०७८ सालको उपलक्षमा देशवासीका नाममा सम्बोधन गरेका छन्। सम्बोधनमा प्रधनमन्त्रीले ०७७ सालको समिक्षा गर्नका साथै ०७८ सालमा महत्वपूर्ण कार्य गर्ने उद्घोष गरे। उनले कोरोना महामारीका बीच पनि ०७७ सालमा सरकारले असाधारण काम गरेको दावी गरे। विशेष गरेर दीर्घकालिन महत्वका कामहरू सम्पन्न गरेर सरकारले ०७७ साललाई उपलब्धीमूलक बनाउन सफल रहेको बताए।
झण्डै ४० वर्षदेखि युद्धमा रहेको अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना पूर्णरुपमा स्वदेश फर्काउने भएको छ। राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेका हुन्। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थिए।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। बैशाख ४ देखि ११ गतेसम्म घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेशियासँग प्रतिश्पर्धा गर्ने यस सिरिजमा डबल राउण्ड रोबिनको आधारमा शीर्ष दुई टोली उपाधिकालागि भिड्ने छन्।
उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन्। अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता देव गुरुङले सामन्तवाद र वैदेशिक उपनिवेशलाई विस्थापन नगरिकन समाजवादी क्रान्ति सम्भव नभएको बताएका छन्। यस्तै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्तिहरु राजतन्त्र स्थापित गर्न लागिपरेको आरोप लगाएका छन्।
विद्युतिय सवारीका लागि नेपालका ७ वटै प्रदेशका विभिन्न ५० स्थानमा चार्जिङ स्टेसन बानउन चिनियाँ कम्पनीले ठेक्का पाएको छ। चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेशन लिमिटेड, जियाङ्सले एक वर्षमा भित्रमा काम सक्नेगरि रु ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का पाएको हो। चार्जिङ स्टेशन विशेष गरेर मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिनेछ।































प्रतिक्रिया