जबरजस्ती करणी मुद्दामा बयान फर्ने एक युवतीले एक महिना कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ। बलात्कारको उजुरी दिएर बकपत्रमा बयान फेरेपछि ती युवतीलाई दाङ देउखुरी जिल्ला अदालतले हालै एक महिना कैद सजाय तोकेको हो।
ती युवतीले घोराहीका तीन जना युवाले आफूलाई सामूहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। उजुरी दिएका एक बालिका र युवतीले अदालतमा फागुन ४ गते गरेको बकपत्रमा बलात्कार नभई ती तीन युवालाई दुःख दिन उजुरी हालेको भनेका छन्।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको एकले इजलासले बयान फेर्ने युवतीलाई उल्टै कैद सजाय निर्धारण गरेको हो। न्यायाधीश थापाको इजलासले झुट्टा मुद्दा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षति पुर्यााएको ठहर गरेको छ।
अदालतले एक जनालाई नाबालिग भएकाले छोडिएको छ। अर्की जाहेरवाला युवतीलाई भने उल्टै कसुरदार ठहर गर्दै कैदको फैसला गरेको हो। बलात्कार आरोप लगाउने युवतीले तीन जना युवालाई २५/२५ हजार रुपैयाँ क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरिएको छ।अन्नपूर्णबाट































प्रतिक्रिया