प्रचण्डलाई यामलाल कँडेलको प्रश्न–’अधिकार कटौती भयो र प्रतिगमन?’

प्रचण्डलाई यामलाल कँडेलको प्रश्न–’अधिकार कटौती भयो र प्रतिगमन?’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सरकारले अधिकार कटौती गर्यो र प्रतिगमन भनिएको हो? भन्दै प्रश्न गरेका छन्।

उनले प्रतिगमन हुनका लागि अधिकार कटौती हुनुपर्ने बताए। मुलुकको शासकीय संरचना परिवर्तन हुनुपर्ने पनि बताए। तर त्यस्तो नभएकोले प्रतिनिधिसभा विघटन गरेकै आधारमा प्रतिगमन भयो भन्न नमिल्ने बताए।

कर्णाली प्रदेशसभा बैठकमा शुक्रबार बोल्दै उनले एमाले सांसदहरूको सार्वजनिक प्रतिष्ठामा आँच आउने गरिका गतिविधि भइरहेको पनि गुनासो गरेका छन्।

उनले त्यस्ता गतिविधिले लोकतन्त्रलाई राम्रो नगर्ने र त्यस्ता गतिविधि निन्दनीय रहेको पनि बताए।

Skip This
Skip This
Logo