कोरोना महामारीबीच हजारौंको सहभागितामा सकियो बिस्केट जात्रा

कोरोना महामारीबीच हजारौंको सहभागितामा सकियो बिस्केट जात्रा

केन्द्रबिन्दु
0
Shares

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आइतबार साँझ सम्पन्न भएको छ। गत चैत २८ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा आइतबार साँझ पुनःभैरवको रथ तानेर सम्पन्न भएको हो। 

विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका बीचमा भक्तपुर र मध्यपुरथिमिमा नेवार समुदायले मनाउने बिस्केट जात्रा, सिन्दुर जात्रा र जिब्रो छेड्नेलगायत विभिन्न जात्राहरू हजारौँको सहभागितामा भव्यरूपमा मनाइएको थियो।

कोरोना महामारीको जोखिम बढे पनि त्यसको बेवास्ता गर्दै स्वास्थ्य मापदण्डकोसमेत बेवास्ता गर्दै यहाँका बासिन्दाले हर्षोल्लासका साथ नौ दिनसम्म मनाइएको जात्रा आइतबारदेखि सम्पन्न भएको हो। 

विक्रम संवत्अनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिन अघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ। जात्राको अन्तिम दिन आइतबार साँझ टौमढीबाट रथ तान्न सुरु भएको थियो। स्थानीयले टौमढीका तल र माथिका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन्। रथलाई तानेर टौमढी पुर्याएपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ।
    
काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्परा अनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका छन्। रथलाई तानिसकेपछि आइतबार रातिसम्म रथलाई पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ। बिस्केट जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ।रासस

Skip This
Skip This
Logo