एमालेद्वारा माधव नेपालसहित ८ नेतासँग स्पष्टीकरण माग

एमालेद्वारा माधव नेपालसहित ८ नेतासँग स्पष्टीकरण माग

केन्द्रबिन्दु
0
Shares

एमालेले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्न लगाउने र गर्ने माधव नेपालसहित आठ जनालाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको छ। निलम्बनमा परेका नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई अन्तिम चेतावनीयुक्त दुई दिनभित्र स्पष्टीकरण माग्ने निर्णय भएको हो।

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यहरू प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरिएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए। 

प्रवक्ता ज्ञवालीका अनुसार पार्टीको विधान सम्मेलन साउनमा  हुनेछ। उनले बैठकले अध्यक्ष ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गरेको जानकारी दिए।

Skip This
Skip This
Logo