घट्यो सुनको मूल्य, चाँदीको स्थिर

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ३ सयले घटेको हो। सोमबार ३ सयले बढेको थियो । आइतबार पनि सुन २ सयले बढेको थियो।

गत हप्ता शुक्रबार सुन सात सयले बढेको थियो। बिहीबार ३ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९० हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज पनि स्थिर छ। आज चाँदी तोलामा एक हजार ३०० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo