पूर्वराजा ज्ञानेन्द्र दम्पतीलाई कोरोना संक्रमण पुष्टि

पूर्वराजा ज्ञानेन्द्र दम्पतीलाई कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

भारतको सरकारको बिशेष निम्तोमा हरिद्वारमा गंगा स्नान गर्न पुगेका पूर्व राजा शाही स्नान गरि आइतबार स्वदेश फर्किएका थिए। उनलाई शाही स्नानको लागि स्वामी कैलाशानन्द गिरीले निमन्त्रणा दिएका थिए। 

भारतमा रहँदा उच्चस्तरिय भेटघाटमापनि सक्रिय रहेका पूर्वराजा स्वदेश फर्किएपछि उनीसहित उनकी पत्नी कोमल शाहले कोरोना परीक्षण गराएका थिए । लगतै संक्रमण पुष्टि भएको हो । सोमबारनै परीक्षण गराएका उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पूर्वराजा रानीको स्वगतका लागि सयौंको संख्यामा नागरिकहरु आइतबार विमानस्थल पुगेका थिए। नयाँ भेरियन्ट भारत र नेपालमा पनि तीव्ररुपमा फैलिएको हुँदा उनीहरुबाट कतिजनालाई संक्रमण सर्यो यसै भन्न मुस्किल छ, जीवाणु वैज्ञानिक सन्तोष दुलाल भन्छन्। 

अहिलेको भेरियन्टपहिलेको भन्दा बढी संक्रामक रहेको हुँदा पूर्वराजा रानीको कन्ट्याक्टमा आएका सम्पूणको  ट्रेसिङ सुरु गर्नु पर्ने र उनीहरुको संसर्गमा आएकाहरु इमान्दारपूर्वक क्वारेन्टाईनमा बस्न दुलाल अनुरोध गर्छन् । नयाँ भेरियन्ट समुदायमा फैलिए भयावह हुने डा. दुलालको ठम्याई छ।
 

Skip This
Skip This
Logo