आजदेखि कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ।
कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रोचरणको खोप लगाउन थालिएको हो। दोस्रो मात्राको खोप देशभरबाट लगाउन सुरु गरिएको छ भने काठमाडौंमा १९ वटा खोप केन्द्रबाट खोप लगाइएको छ।
दोस्रो मात्रा खोप बैशाख ११ गतेसम्म लगाइनेछ। दोस्रो मात्रा खोप लगाएपछि मानिसहरुले खुसी व्यक्त गरेका छन्। कोरोना विरुद्धको खोपले पूर्णरुपमा काम गर्ने र कोरोनालाई पराजित गर्ने विश्वास उनीहरुको छ।
माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीहरुलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरिएको हो।































प्रतिक्रिया