सभामुख अग्नि सापकोटाविरुद्ध दायर मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्।
सभामुख सापकोटाविरुद्ध पूर्णीमाया लामाले सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन्।
३० फागुन २०७६ मा मुद्दाको पेशी तोकिए पनि सुनुवाइ भएको थिएन।
सभामुख सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ।































प्रतिक्रिया