युभेन्टसको पूनरागमन जित

युभेन्टसको पूनरागमन जित

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ‘ए’ मा युभेन्टसले सहज जित दर्ता गरेको छ ।

युभेन्टसले पार्मामाथि ३–१ को पूनरागमन जित दर्ता गरेको छ । घरेलु मैदानमा युभेन्टसको जितमा एलेक्स सान्द्रोले दुई तथा म्याथ्थिज डि लेग्टले एक गोल थपे । गास्टन ब्रगमानले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २५औं मिनेटमा गास्टनको गोलबाट पार्माले अग्रता लिएको थियो । एक गोलले पछि परेको युभेन्टसले ४३औं मिनेटमा एलेक्स सान्द्रोको गोलबाट बराबरी गोल फर्काएको थियो ।

४७औं मिनेटमा एलेक्स सान्द्रोले जुआन कोर्डाडोको पासमा गोल गर्दै युभेन्टसलाई २–१ ले अघि बढाए । ६८औं मिनेटमा जुआन कोर्डाडोको पासमा म्याथ्थिज डि लेग्टले गोल गर्दै युभेन्टसलाई ३–१ को पुनरागमन जित दिलाए ।

यो जितसँगै युभेन्टस ३२ खेलबाट ६५ अंक जोडेर तेस्रो स्थाना उक्लिएको छ ।

Skip This
Skip This
Logo