काठमाडौं ।
नेपाली फिल्मका पहिलो सिनेमाटोग्राफर बैकुण्ठ मास्केको निधन भएको छ । उनको शुक्रबार कोरोना संक्रमणबाट निधन भएको हो ।
कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो नेपाली चलचित्रकर्मी हुन् । ८३ वर्षीय मास्के कोरोनाबाट संक्रमित थिए । उनी विगत ७ वर्षदेखि मृगौलाका पनि बिरामी थिए ।
उनले परिवर्तन, मनको बाँध, हिजो आज भोलि लगायत दुई दर्जन बढी चलचित्रहरुको छायांकन गरेका छन् ।
गत आइतबार कोरोना पुष्टि भएपछि उनलाई पुल्चोकस्थित निदान अस्पताल भर्ना गरिएको थियो । उनको शव नेपाली सेनाको रोहबरमा पशुपतिको विद्युतीय शवदाह गृहमामा अन्त्यष्टि गरिएको छ । उनका श्रीमती र एक छोरी छन् ।





























प्रतिक्रिया