वीरगञ्जबाट साढे २२ किलो सुन बरामद

वीरगञ्जबाट साढे २२ किलो सुन बरामद

केन्द्रबिन्दु
0
Shares

पर्सा ।

पर्सामा प्रहरीले साढे २२ किलो सुन बरामद गरेको छ । आज वीरगञ्जबाट स्थानिय गणेश अपार्टमेन्टमा छापा मार्दा प्रहरीले साढे २२ किलो सुन बरामद गरेको हो।

गणेश अपार्टमेन्टबाट २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख (एसपी) गंगा पन्तको नेतृत्वमा गएको टोलीले सो परिमाणको सुन बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले केहीबेरमा पत्रकार सम्मेलनमार्फत थप जानकारी गराउने जनाएको छ ।

Logo