नेपालमा आज २ हजार ६१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट १३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
यससँगै संक्रमितको कूल संख्या २ लाख ९७ हजार ८७ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ।
आज १४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ। नेपालमा हालसम्म २३ लाख ९५ हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ।































प्रतिक्रिया