घट्यो सुनको मूल्य, कति छ आज ?

घट्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ९ सयले घटेको हो। 

गत हप्ता आइतबार सुन २ सयले बढेको थियो।सोमबार ३ सयले बढेको सुन मंगलबार ३ सयले नै घटेको थियो । यस्तै बुधबार १३ सयले बढेको थियो भने बिहीबार ३ सयले बढेको थियो। शुक्रबार २ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ३ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ८ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज २५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार ३१० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo