रोहित आबद्ध जकार्ता इन्डोनेसिया मेन्पोरा कप फुटबलको च्याम्पियन

रोहित आबद्ध जकार्ता इन्डोनेसिया मेन्पोरा कप फुटबलको च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द आबद्ध पर्सिजा जकार्ताले इन्डोनेसिया मेन्पोरा कप फुटबलको उपाधि जितेको छ। 

आइतबार राति भएको फाइनलको दोस्रो लेगमा पर्सिब बानडुङ २–१ ले पराजित गर्दै समग्रमा ४–१ को जितसहित जकार्ताले उपाधि चुमेको हो।

यस अघि पहिलो लेगमा जकार्ताले २–० को जीत निकालेको थियो। मानाहान रंगशालामा जकार्तालाई जीत दिलाउन असभाल्डो अल्डिल्स हे र रिको मिनजुन्तकले एक एक गोल गरे । 

यस्तै पर्सिबका लागि फ्रेन्डिन्ड अल्फ्रेडले एक गोल फर्काए । रोहित प्रतियोगिता लागि त्रिदेशीय फुटबल लगत्तै इन्डोनेसिया गएका थिए। रोहितले नेपालबाट त्रिदेशीय फुटबलको उपाधिसमेत जितेका थिए ।

Skip This
Skip This
Logo