मालपोत कार्यालय काभ्रेबाट अब बार अनुसार सेवा दिइने

मालपोत कार्यालय काभ्रेबाट अब बार अनुसार सेवा दिइने

केन्द्रबिन्दु
0
Shares

मालपोत कार्यालय धुलिखेल काभ्रेले बुधवारदेखि बार अनुसारको सेवा दिने भएको छ। 

कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका अवस्थामा सेवाग्राहीको बढी भीडभाड हुने भएकाले बार अनुसार सेवा दिने तयारी गरिएको कार्यालयले जनाएको छ।

मालपोत कार्यालय धुलिखेलका निमित्त प्रमुख टङ्कप्रसाद चौलागाईँले कार्यालयबाट एकै पटक सेवा प्रवाह गर्दा कोभिड –१९ सङ्क्रमणको बढी जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखी सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको समन्वयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न लागिएको बताए। 

मालपोत अधिकृत चौलागाईँका अनुसार बनेपा र नमोबुद्ध नगरबासीले आइतबार र बुधबार, पनौती र मण्डनदेउपुर नगरबासीले सोमबार र बिहीबार तथा धुलिखेल र पाँचखाल नगरबासीले मङ्गलबार र शुक्रबार सेवा लिन पाउने व्यवस्था गरिएको छ। गाउँपालिकाका सेवाग्राहीले भने हरेक दिन सेवा लिन पाउने व्यवस्था गरिएको चौलागाईँले बताए। 

यसअघि पनि कार्यालयले कोरोना सङ्क्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै बार अनुसार सेवा प्रवाह गरेको थियो ।रासस

Skip This
Skip This
Logo