चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु बैंकको नाफा ४४ प्रतिशतले वृद्धि भएको छ। सो अवधिमा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ६४ करोड ५४ लाख रुपैयाँ खुदनाफा वृद्धि गरेको छ।
बैंकले लगानी गरेको पुरानो कर्जा असुलीले बैंकको खुदनाफा बढेको बैंकले जनाएको छ । शेयरधनीहरुलाई १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ नाफा वितरण गर्न सक्ने बैंकको वित्तीय विवरणमा उल्लेख गरिएको छ। समीक्षा अवधिमा बैंकले ३ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकको खुदब्याज आम्दानी ३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ थियो।
त्यस्तै, समीक्षा अवधिमा बैंकले ४६ करोड २० लाख रुपैयाँ निष्क्रिय कर्जा असूल गरेको छ । बैंकको निष्क्रिय कर्जा घटेर १.४८ प्रतिशतमा झरेको छ। गत वर्षको यसै अवधिमा बैंकको यस्तो कर्जा२.९५ प्रतिशत थियो।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९० पैसा बढेर २४ रुपैयाँ ७९ पैसा पुगेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ७३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह १ खर्ब ३४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।
बैंकको निक्षेप लागत ४.९६, सीसीडी ७४.४२, आधारदर ७ र स्प्रेडदर घटेर ३.५० कायम भएको छ । बैंकको सञ्चित कोषको आकार बढेर ४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्तापुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।































प्रतिक्रिया