साताको पहिलो दिन आइतबार ७५ अंकले घटेको शेयरबजारमा आज पनि ६५.५८ अंकले पहिरो गएको छ।
आइतबार र सोमबार दुई दिनमै शेयर बजार मापक नेप्से परिसूचकमा १४० अंकले गिरावट आएको छ । ६५.५८ अंकले घटेसँगै बजार २ हजार ५०६ अंकमा कायम भएको छ। आज परिसूचक मात्रै नभएर कारोबार रकमसमेत घटेको नेप्सेले जनाएको छ।
कोरोना भाइरसको दोस्रो लहरसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा हुने हल्लाले शेयर बजारमा ओरालो लागेको पँुजी बजार फोरम महासंघका सभापति अम्बिकाप्रसाद पौडेलले बताए।
उनका अनुसार पुँजी बजार घट्ने तथा बढ्ने नियमित प्रक्रिया भएकाले यसबाट कोही पनि आतिनु पर्दैन। पहिला लकडाउन हुन्छ भनेपछि ११ सयसम्म बजार आएकै थियो । तर लकडाउन खुल्ने वित्तिकै एक्कासी बजार बढिरहेको छ। अहिले छोटो समयमा पुँजीबजार जे जस्तो भए पनि नेपालको पुँजी बजार राम्रो भएकाले डराउनु पर्ने स्थिती छैन । लकडाउन भए पनि शेयर बजार खुल्ला हुन्छ।
आज कोरोबार रकममा पनि गिरावट आएको छ । आइतबार ७ अर्ब २८ करोड रुपैयाँको शेयर किनबेच भएकोमा सोमबार ६ अर्ब ५९ करोड मात्रै कारोबार भएको छ।
आज सबै उपसमूहहरु राताम्मे भएका छन् । जसमा बैंकिङ ४०, ब्यापार १२७, होटल तथा पर्यटन ७१, विकास बैंक ८८, जलविद्युत ९९, फाइनान्स २७, निर्जीवन बीमा ३८४, उत्पादन ९५, अन्य ५४, माइक्रोफाइनान्स ११२, लगानी २ र जीवन बीमा ३५९ अंकले घटेका छन्।
तर आज दुई कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। विशाल बजार कम्पनी र महिला लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो। त्यस्तै सबैभन्दा बढी गुमाउनेमा रिलायन्स फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन्। रिलायन्सको मूल्य ८ प्रतिशतले घटेको छ भने छ्याङ्दी र सिन्धु विकासको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ।
कारोबारका आधारमा यस दिन माथिल्लो तामाकोसी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ५ प्रतिशत घटेर प्रतिकित्ता ७७० रुपैयाँमा आएको छ।
त्यस्तै नेपाल इन्फास्ट्रक्चर बैंकको २५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २.७ प्रतिशतले घटेर ५२६ रुपैयाँ कायम भएको छ।































प्रतिक्रिया