त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

केन्द्रबिन्दु
0
Shares

कोभिड–१९ को दोस्रो लहर अनियन्त्रित बन्दै गएपछि त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूको  स्नातक तथा स्नातकोत्तर तहको वार्षिक तथा सेमेस्टर प्रणालीका परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।

त्रिभुवन विद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले २०७८ साल वैशाख १४ देखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोभिड–१९ का कारण देशका विभिन्न भागमा निषेधाज्ञा र लकडाउन जारी रहेकाले परीक्षा स्थगित गर्नुपरेको विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

कोरोना नयाँ भेरियन्टका कारण दिनहुँ हजारौं संक्रमित देखिएपछि यस्तो विषम परिस्थितिमा विश्वविद्यालयद्वारा पूर्वनिर्धारित परीक्षा स्थगित गरिएको विश्वविद्यालयको भनाइ छ।

Skip This
Skip This
Logo