ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
कोरोनाको लक्षण देखा परेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो।
मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उनकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो।
हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्यावस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ। अस्पताल भर्ना हुँदा जोखिम कम हुने भएकाले उनलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ। गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौं आएपछि उनलाई कोरोनाको लक्षण देखा परेको थियो।रासस































प्रतिक्रिया