कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

केन्द्रबिन्दु
0
Shares

आजका लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ।

बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेका बेला ठूलो सङ्ख्यामा उपस्थित भई बैठक गर्नु अनुपयुक्त भएकाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देश अनुसार बैठक स्थगन गरिएको उनले बताए।

Skip This
Skip This
Logo