वागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार

वागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार

केन्द्रबिन्दु
0
Shares

मुख्यमन्त्री डोरमणि पौडेलले वागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री पौडेलले आफ्नो नेतृत्वमा ४ जना प्रदेश सभा सदस्यलाई (३ फुलफेज मन्त्री र एक राज्य मन्त्रीको जिम्मेवारीसहित) मन्त्रिपरिषदमा प्रवेश गराउन सिफारिस गरेका हुन्। 

मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला तथा कानून मन्त्रीमा केशवराज पाण्डेलाई, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेतलाई र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिश गरेका हुन्। 

४ जना मन्त्रीहरुको आज साँझ ४ बजे पद तथा गोपनियताको सपथ गराइने तय भएको वागमती प्रदेश सभा सचिवालयले जनाएको छ।

त्यसो त बागमती प्रदेशका तीन मन्त्रीले पुस १० गते राजीनामा दिएका थिए। तत्कालीन अबस्थामा प्रचण्ड–माधव नेपाल पक्षमा रहेका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग पर्यटन वनमन्त्री अरुण नेपालले संयुक्तरुपमा राजीनामा दिएका हुन्। 

पुस १० गतेदेखि रिक्त रहेका तीन मन्त्रालयमा र १ राज्यमन्त्री थप गरि बुधबार पौडेलले नयाँ मन्त्री नियुक्त गरेका हुन्।

Skip This
Skip This
Logo